Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

धादिङमा वित्तीय जागरण अभियानले चेतनाको विगुल फुक्यो

२०७४ असार १८ गते

धादिङ जिल्लाको बेनीघाटमा वित्तीय जागरण राष्ट्रिय अभियान सम्पन्न भएको छ । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रमेश पोख्रेलले वित्तीय चेतना अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विकासका लागि बैंकको उपस्थित अनिवार्य भएको उल्लेख गर्नुभयो । उहाँले हरेक स्थानीय निकायमा बैंकको उपस्थित गराउन नेपाल राष्ट्र बैंक लागि परेको जानकारी दिनुभयो । हरेक नागरिकका चाहाना अनुसार विभिन्न किसिमका बैंकहरु स्थापीत भएका कारण व्यक्तिबाट कर्जा नलिन र व्यक्तिबाट कारोबार नगर्न उहाँले सर्बसाधारणलाई अनुरोध गर्नुभयो । उहाँले अब सबै स्थानीय तहमा राष्ट्रिय स्तरका बैंक पुग्ने हुँदा बैंकिङ क्षेत्रको सहयोगमा उद्यमशिलताको बाटो अपनाउन सबैलाई आग्रह गर्नुभयो । बैंकको कर्जालाई सदुपयोग गर्न र जुन विषयका लागि कर्जा लिएको हो सोही विषयमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले पैसालाई उत्पादन क्षेत्रमा लगानी गर्नका लागि जागरण ल्याउनुपर्ने बताउनुभयो । उहाँले आर्थिक जागरणका लागि देशव्यापी रुपमा वित्तीय जागरण कार्यक्रमलाई अभियानका रुपमा लैजाने बताउनुभयो । 

कार्यक्रममा वेनीघाट रोराङ गाउँपालीकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले देशमा अब विकासका मुद्धालाई सबैले प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय निकायको विकासका लागि बैंक वित्तको उपस्थिति र उद्यमशिलताको विकास महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा बैंकिङ पार्टनर प्रभु बैंकका क्षेत्रिय प्रमुख भोला पाठक, ओमी माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य लगायतले बैंकिङ पहुँचको आबश्यकता र महत्वका बारे आआफ्नो धारण व्यक्त गर्नुभएको थियो ।