Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

 सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो दुई नयाँ बचत योजना, आस्वा निःशूल्क गर्ने घोषणा

२०७४ असार ९ गते

काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले  सांग्रिला प्रिमियम बचत खाता र  सामाजिक सुुरक्षा बचत खाता नामका दुई बचत योजना संचालनमा ल्याएको  छ । यही आषाढ ११ गते आइतवार देखि लागुु हुुने  यी बचत खाता मध्ये सांग्रिला प्रिमियम बचत खातामा न्यूूनतम मौज्दात रु ५ हजारमा बार्षिक ९ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज प्राप्त गर्ने गरि खाता खोल्न सकिने बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
 
उनका अनुसार यो बचत  खाता संचालन गर्ने ग्राहकले लकर सुुविधा लिन चाहेमा कि मार्जिन निक्षेप रकममा ५० प्रतिशत तथा बार्षिक दस्तुुरमा २५ प्रतिशत छुुट सुुविधा प्रदान गरिने छ भने शाखा कार्यालय ललितपुुर,ईमाडोल र सुुनसरी,इटहरीमा जुुनसुुकै बचत खाता खोल्ने ग्राहकहरुले समेत लकर सुुविधा लिन चाहेमा उक्त छुुट सुुविधा पाउने बताइएको छ ।

यस्तै नेपाल सरकारले प्रदान गर्दै आईरहेको सामाजिक सुुरक्षा भत्ता जम्मा गर्न सजिलो होस भन्ने उद्देश्यले बैंकले शुुन्य मौज्दातमा बार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने गरि सामाजिक सुुरक्षा बचत खाता समेत संचालनमा ल्याएको जनाइएको छ ।

यसैगरी बैंकमा बचत खाता संचालन गरिरहेका बचतकर्ताहरुलाई थप सुबिधा स्वरुप बिभिन्न कम्पनीहरुले निष्काशन गर्ने आईपिओ तथा एफपिओमा लगानी गर्न बैंकको तर्फबाट निशुुल्क आश्वा  सेवा प्रदान गर्ने बताइएको छ ।  बिकास बैंकहरु मध्ये अनलाइन आश्वा  सेवा शुरु गर्ने  सांग्रिला डेभलपमेन्ट बैंक पहिलो बिकास बैक भएको  बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए । 

Ad