Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय स्तरका दुई विकास बैंक गाभिएर देशकै ठूलो विकास बैंक बन्दै

२०७४ असार ३ गते

महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपेमन्ट बैंक लिमिटेड एकआपसमा गाभिएर असार महिनाभित्रै एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई बैंकले ेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् । महालक्ष्मी र यती एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका हुन् । मर्जर पछि बन्ने बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैंया हाराहारीमा पुग्ने बताइएको छ । मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड, कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्न भई देशकै सबैभन्दा ठुलो विकास बैंक बन्ने दाबी गरिएको छ ।

Ad