Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकको ३२ औँ शाखा वदिर्याको बाँसगढीमा 

२०७४ जेष्ठ २२ गते

सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ वदिर्याको बासगढीन.पा.८ मा ३२ औं शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको छ । गत जेष्ठ १६ गते मंगलबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । साथमा सेञ्चुरीले काठमाडौँको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजि«ङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा समेत सुरु गरेकोछ  ।

सेञ्चुरी बैंकले  २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द«ीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द«ीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ, जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन् । 

Ad