Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

असार १३ गते लक्ष्मी बैंकको साधारणसभा : के छ, विशेष प्रस्ताव ?

२०७४ जेष्ठ २१ गते

लक्ष्मी बैंक लिमिटेडले १६औँ वार्षिक साधारणसभा असार १३ गते गर्ने भएको छ । बैंकको १८७औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सोही वैठकले साधारणसभा प्रयोजनका लागि असार २ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय पनि गरेको छ । जसअनुसार, असार १ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन् । 

साधारणसभामा बैंकले ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ । बैंकले ०७३ असार मसान्तमा कायम चुक्तापुँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । जुन, प्राफेसनल दियालोलाई प्राप्ती र शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कायम चुक्तापुँजीको १८.२९ प्रतिशत हुनेछ । हकप्रद निबिकेर लिलामीमा बेचिएको सेयर खरिद गरेका सेयरधनीले पनि उक्त बोनस सेयर पाउने लक्ष्मी बैंकले जनाएको छ । 

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार तीन अर्ब १५ करोड ९० लाख चुक्तापूँजी रहेको बैंकको हकप्रद बिक्री गर्दा छ अर्ब ३२ करोड चुक्तापूँजी पुग्छ । जसमा गत आर्थिक बर्षको १८.२९ प्रतिशत बोनस समायोजन गर्दा बैंकको पूँजी झण्डै साढे सात अर्ब पुग्नेछ । बैंकले अपुग पूँजी चालु आर्थिक बर्षको मुनाफाबाट बोनस वितरण गरेर सहजै पुर्याउने देखिन्छ ।

Ad