राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा गरी एकै दिन ३ नयाँ शाखाहरु स्थापना गरेको छ । ३०औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र यस बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे । यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र यस बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरे ।
हाललाई यी शाखाहरु सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा १२ वटा एटीएम मार्फत ज्योतिले स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने छ भने छिटै थप शाखाहरु मार्फत आफ्नो सञ्जाल देशव्यापी बनाउने लक्ष्य बैंकले लिएको छ ।
शाखा उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका निर्देशकहरु क्रमशः गोकर्ण खतिवडा, जगदिश्वर प्रसाद अधिकारी र नारायण प्रसाद पौडेलले गरेका थिए । झुम्का शाखाको उदघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुंवर तथा संचालक छत्रमान श्रेष्ठको पनि उपस्थिति थियो । साथै उक्त उद्घाटन कार्यक्रहरुमा स्थानीय उद्योगी, व्यबसायी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिती समेत रहेको थियो ।
ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको छ । साथमा बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गरिरहेकोे छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी २०७३/४/२८ बाट एकिकृत रुपमा कार्य संचालन गरीसकेको बैंक राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने प्रक्रियामा छ । यसरी राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पुँजी रु २ अर्ब ५० करोड सहजै पुर्याउने लक्ष्य लिई अघि बढिरहेको छ ।
पछिल्लो समयमा व्यवसायको बृद्धि तथा मुनाफामा उल्लेखनीय प्रगति गरीसकेको यस विकास बैंकले यसै आर्थिक बर्षको तेस्रो त्रयमासिक सम्ममा निक्षेप रु ९ अर्ब ३५ करोड तथा कर्जा रु ८ अर्ब ३८ करोड प्रवाह गरी खुद मुनाफा रु १९ करोड २७ लाख आर्जन गरेको छ । बैंकले निस्क्रिय कर्जाको अनुपात १ प्रतिशत भन्दा तल झारीसकेको छ ।