सिद्धार्थ बैंकले सुर्खेतमा आफ्नो नयाँ शाखा विस्ता गरेको छ । बुधबार (जेठ १७ गते) एक विशेष समारोहका बीच उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । बैंकका संचालक हेमन्त ज्ञवालीले उक्त शाखाको उद्घाटन गरेका हुन् । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।
बैंकले हालै चितवनको टाँडी, नवलपरासीको कावासोती र पाल्पाको तानसेनमा रहेका आफ्नो शाखा कार्यालयहरुको पनि औपचारिक उद्घाटन गरेको थियो । बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।