Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकले एकैदिन उद्घाटन गर्यो नौ शाखा

२०७४ जेष्ठ ३ गते

एनआईसी एशिया बैंकले एकै दिन नौ वटा शाखाहरुको उद्घाटन गरेको छ । बैंकले विभिन्न नौ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ बुधबार (जेठ ३ गते) एक समारोहका बिच विधिवत् रुपमा समुद्घाटन गरेको हो । ती शाखाहरु मध्ये सौफर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्मा,  भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भिम बहादुर थापा (भरत)ले गरे । त्यस्तै, बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक गुरु प्रसाद पौडेलले गरे भने पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुण राज श्रेष्ठ, टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर बिसुराल, दुलेगौडा स्थित ९९ औं र भिमाद स्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण राज पण्डितले गरे । त्यसैगरी, हाकिम चोक स्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरे । 

यी ९ शाखाका विधिवत् समुद्घाटनसँगै एनआईसी एशिया बैंकको शाखा संख्या मुलुकभ। १०७ पुगेको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Ad