Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेक्स नेपालका सीईओ सेफको उपाध्यक्षमा नियुक्त

२०७४ जेष्ठ २ गते

भारतको बम्बई स्टक एक्सचेञ्ज (बिएसई) मा बसेको साउथ एसियन फेडेरेशन अफ एक्सचेञ्जेज (सेफ) को तेरौँ साधारणसभाले २०१६–१७ को लागि नयाँ कार्यकारी बोर्ड गठन गरेको छ । जसमा नेपाल बाट सेफको उपाध्यक्षमा मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रन नियुक्त भएका छन् । सुरेन्द्रन पछिल्लो कार्यकारी बोर्डमा सदस्य थिए । आफ्नो पछिल्लो कार्यकालमा उनले देखाएको कार्यदक्षता र प्रतिवद्धताको फलस्वरुप नयाँ कार्यकारी बोर्डको उपाध्यक्षमा उनी नियुक्त भएका हुन् ।  

सेफको अध्यक्षमा भने बिएसईका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशीष कुमार चौहान नियुक्त भएका छन् । त्यस्तै, कोलम्बो स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत राजिभ बन्दरा नाईके र ढाका स्टक एक्सचेञ्जका प्रवन्ध निर्देशक केएएम मजेदुर रहमान वरिष्ठ उपाध्यक्षमा नियुक्त भएका छन् । त्यसका साथै अन्य आठ जना सदस्यहरु पनि नियुक्त भएका छन् ।

सेफ दक्षिण एसियाको धितोपत्र तथा पूँजीबजार संग सम्बन्धित २८ संघ–संस्थाहरुको छाता संगठन हो । नेपालबाट मेक्स नेपाल र नेप्सेले यसकोे सदस्यता लिएका छन् । सेफले दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भूटान, माल्दिभ्स, श्रीलंका लगायत मोरिसियस् र यूएइमा पूँजी तथा धितोपत्र बजारको विकास र प्रवद्र्धनको लागि कार्य गर्दै आईरहेको छ । सेफले आफ्ना सदस्यहरु लगायत अन्य पूंजीबजारसँग सम्बन्धित संस्थाहरुका लागि सल्लाह, परामर्श तथा अन्य सुविधाहरु प्रदान गर्दै आईरहेको छ । 

Ad