प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड २९ लाख रुपैयाँ खुद मुनापपा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ४० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम बैंकले ७० करोड ९५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
पाँच अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब ९१ करोड चार लाख रुपैयाँ राखेको छ । निक्षेपमा २१ दशमलव ७३ प्रतिशतले वृद्धि गरी ५६ अर्ब १० करोड ७६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४८ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ९३ प्रतिशतले बढेर एक अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४५ दशमलव ०२ प्रतिशतले बढेर एक अर्ब २५ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा १३ करोड ३८ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २४ करोड ४६ लाख रुपैयाँ राखेको छ । चैत्र मसान्तसम्ममा बैंकको पुँजीकोष १२ दशमलव ८२ प्रतिशत, निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत, प्रतिसेयर आम्दानी २० दशमलव ३२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २३ दशलमव ५७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३२ दशमलव ९८ रुपैयाँ र तरलता अनुपात २५ दशमल ८८ प्रतिशत रहेको छ ।