Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जानकी फाइनान्सको मुनाफा १२६ प्रतिशतले बढ्यो

२०७४ बैशाख २१ गते

जानकी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय २६ दशमलव ८७ प्रतिशत बढी मुनाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा जानकीले तीन करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३४ करोड १८ लाख ५९ हजार एक सय रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सले निक्षेपमा शुन्य दशमलव २६ प्रतिशतले वृद्धि गरी एक अर्ब ३६ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा एक अर्ब ३६ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी एक सय २२ दशमलब ०१ प्रतिशले बढेर नौ करोड ३१ लाख रुपैयाँ पुुगेको छ भने संचालन मुनाफा एक सय ११ दशमलव ३६ प्रतिशतले बढेर सात करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

जानकी फाइनान्सको निष्कृय कर्जा पाँच दशमलव २८ प्रतिशत, पूँजीकोष ३५ दशमलव ५९ प्रतिशत, प्रतिशेयर आम्दानी २० दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ७२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६२ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात ३५ दशमलव ५९ प्रतिशत रहेको छ ।

Ad