Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

२०७४ बैशाख १४ गते

सिन्धु विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्त बैंक विद्युतीय भुक्तानी सम्झौता भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस र सिन्धु विकास बैंकबीच  अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छन् । सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिन्धु विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत संजीब प्रधानले हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसिएचएल–आईपिएस प्रणाली उपलब्ध गराउने छ ।

एनसिएचएल–आईपिएस प्रणाली मार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

Ad