Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

युनाइटेड इन्स्योरेन्सले शेयरधनीलाई लाभांश दिने 

admin २०७२ चैत्र २६ गते
सेयर:

united insuranceयुनाइटेड इन्स्योरेन्स कम्पनीको २५४ औ संचालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १४ करोड ४३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । बिमाको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ पुग्न प्रस्ताव गरिएको बोनस शेयर पारित हुनुपर्ने छ । त्यसपछि शेयरधनीलाई प्रस्तावबमोजिमको लाभांश वितरण गरिने छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षमा ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी ३ दशमलव ७ रुपैयाँ र मुल्य आम्दानीको अनुपात १ सय ६ दशमलव ७५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८४ दशमलव २८ रुपैयाँ छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।