Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कन्काई विकास बैंक पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

२०७३ चैत्र ९ गते

नेपाल क्लियरिङ हाउस लिमिटेड र कन्काई विकास बैंक लिमिटेडबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा (NCHL-IPS) सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कन्काई बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रकाशमान बज्राचार्यले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । 

यस प्रणालीमा हालसम्म कम्पनीले ७१बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीहरु र १ मर्चेन्ट बैकिङ्ग कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । 

Ad