प्राईम कमर्सियल बैंक रजिष्टर्ड कार्यालय कमलपोखरी काठमाण्डौं र बुम रेमिट्यान्स प्रा.लि. कालिमाटी सोल्टीमोडका बिच आजै देखि लागु हुने बिप्रेषण सम्झौता भएको छ । सम्झौता भएसँगै बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम प्राईम कमर्सियल बंैकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) गर्ने भएको छ । उक्त सम्झौतापत्रमा प्राईम कमर्सियल बैकका तर्फबाट नायब महाप्रवन्धक मोती काजी तुलाधर र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४१०० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको प्रबन्ध निर्देशक पन्तले वताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ