Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लाइफ इन्स्योरेन्स कर्पोरेसनको मुनाफामा ७० प्रतिशत गिरावट

२०७३ फाल्गुन १ गते

निजी क्षेत्रको जीवन बीमा कम्पनी लाईफ इन्स्योरेन्स कपोरेसन नेपाल लिमिटडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० दशमलव ३७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एआईसीले तीन करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब छ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा १८ करोेड ९६ लाख रुपैयाँ र जीवन बीमाकोषमा २९ अर्ब ९४ करोड १८ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी पाँच दशमलव ५२ प्रतिशतले बढेर दुई करोड २५ लाख रुपैयाँ पुगेको छ भने खर्च एक सय २० दशमलव ३६ प्रतिशतले बढेर चार करोड ७४ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा कम्पनीले बीमा शुल्कवापत तीन अर्ब ५७ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ भने ६८ करोड १६ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एलआईसीले बीमाशूल्कवापत दुई अर्ब ९० करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो भने २९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको थियो । 

कम्पनीले दोस्रो त्रैमासमा छ लाख ५९ हजार दुई सय ५७ वटा बीमा लेख जारी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले पाँच लाख ५६ हजार नौ सय ८९ वटा बीमालेख जारी गरेको थियो । त्यस्तै, गत वर्षको यो अवधिमा तीन हजार तीन सय ५१ वटा दाबी भुक्तान गरेको कम्पनीले यो वर्ष तीन हजार नौ सय ८६ वटा दाबी भुक्तान गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी शुन्य दशमलव ९० प्रतिशत, मुल्य आम्दानीको अनुपात ४२७७६ दशमलव ६१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १७ दशमलव ७४ रुपैयाँ रहेको छ ।