सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ९२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले ६ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी३७ दशमलव ८३ प्रतिशतले बढेर १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने खर्च ३९ दशमलव १९ प्रतिशतले बढेर ५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले बीमा शुल्कमा ३८ दशमलब २३ प्रतिशतले वृद्धि गरी ३९ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुदमा ३३ दशमलब प्रतिशतले वृद्धि गरी १४ करोड २७ लाख रुपैयाँ भुक्तान गरेको छ । यो अवधिमा कम्पनीले ५८ हजार ६ सय ९९ वटा बीमालेख जारी गरी २ हजार १ सय ५ वटा दाबी भुक्तान गरेको छ ।
कम्पनीले जगेडकोषमा १८ करोड २८ लाख रुपैयाँ र बीमाकोषमा ३४ करोड ४४ लाख रुपैयाँ राखेको छ । सिद्धार्थ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २४ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५४ दशमलव ५५ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ६७ दशमलव १८ रुपैयाँ रहेको छ ।


