सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा ३७ दशमलव ७६ प्रतिशत प्रगति हासिल गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सांग्रिलाले नौ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब सात करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले निक्षेपमा ३१ दशमलव ९२ प्रतिशतले वृद्धि गरी १२ अर्ब चार करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ५२ दशमलव ९३ प्रतिशत वृद्धि गरि १० अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६५ दशमलव १८ प्रतिशतले बढेर ३३ करोड ११ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३५ दशमलव ४५ प्रतिशतले बढेर १९ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
जोखिमयुक्त सम्पति १५ दशमलव ७५ प्रतिशत र निष्कृय कर्जा शून्य दशमलव ६८ प्रतिशत रहेको बैंकले जगेडा कोषमा ५० करोड ६७ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा पाँच करोड २३ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव १६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४७ दशमलव २१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव ६६ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ९५ प्रतिशत रहेको छ ।