मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव २२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मिर्मिरेले ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
तीन करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ५३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी १३ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जामा एक सय १४ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ५८ करोड छ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय प्रतिशतले बढेर तीन करोड २६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३७ दशमलव ५ प्रतिशतले बढेर एक करोड १३ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा एक दशमलव ११ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ८ दशमलव ६० प्रतिशत रहेको बैकले प्रोभिजनमा ४७ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा २ करोड ३६ लाख रुपैयाँ राखेको छ । मिर्मिरे माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक ५६ दशमलव ०२ रुपैयाँ, मुल्य आम्दानी अनुपात २९ दशमलव ३३ गुणा, तरलता अनुपात ७४ प्रतिशत र प्रतिसेयर नेटवर्थ एक सय ७८ दशमलव ८८ रुपैयाँ रहेको छ ।


