ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ज्योतिले आठ करोड छ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब एक करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले यो अवधिमा निक्षेपमा २६ दशलमव ३५ प्रतिशतले वृद्धि गरी नौ अर्ब १२ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४६ दशमलव १६ प्रतिशतले वृद्धि गरी आठ अर्ब एक करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४२ दशमलव ४० प्रतिशतले बढेर २२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ५९ दशमलव १३ प्रतिशतले बढेर १४ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
प्रोभिजनमा एक करोड ९१ लाख रुपैयाँ र जगेडाकोषमा २८ करोड २८ लाख रुपैयाँ राखेको बैंकको निष्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशतले बढेर एक दशमलव १९ प्रतिशत र जोखिमयुक्त सम्पत्ति एक दशमलव २३ प्रतिशतले बढेर १५ दशमलव ३९ प्रतिशत पुगेको छ । यो अवधिमा ज्योतिले तीन करोड ४९ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २४ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ३९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव ६७ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ४० प्रतिशत रहेको छ ।


