भक्तपुर फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय ७७ दशमलव ९९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा भक्तपूर फाइनान्सले जम्मा २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
२१ करोड रुपैयाँ चुक्ता पूँजी भएको भक्तपुर फाइनान्सको ४३ करोड नौ लाख रुपैयाँ निक्षेप संकmलन गरी ५० करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप छ दशमलव ७७ प्रतिशतले घटेपनि कम्पनीले कर्जामा ४० दशमलव ३६ प्रतिशत बढाएको हो । फाइनान्सको खुद व्याज आम्दानी ९९ दशमलव ७८ प्रतिशतले बढेर दुई करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा चार सय ७७ दशमलव ८६ प्रतिशतले बढेर एक करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा चार दशमलव ४२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ३८ दशमलव ६४ प्रतिशत रहेको फाइनान्सले प्रोभिजनमा १८ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा एक करोड ६२ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी चार दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३४ दशमालव ५१ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६ दशमलव ४१ रुपैयाँ र तरलता अनुपात ४ दशमलव ८० प्रतिशत रहेको छ ।