Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेवा विकास बैंकले कमायो झन्डै पौने आठ करोड मुनाफा

२०७३ माघ २० गते

सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२ दशमलव २५ प्रतिशत बढी नाफा कमाएके हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सेवाले चार करोड आठ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५० करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा २४ दशमलव ०४ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ४१ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ २८ दशमलव ४९ प्रतिशत बढाएर चार अर्ब ६५ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७४ दशमलव १५ प्रतिशतले बढेर १५ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८९ दशमलव ०६ प्रतिशतले बढेर १२ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव ४२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १२ दशमलव ४२ प्रतिशत रहेको बैंकले एक करोड ८९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने जगेडाकोषमा १८ करोड ५४ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३० दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७८ गुणा, प्रतिसेयर नेटवर्थ १३६ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७७ प्रतिशत रहेको छ ।