Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपालको वित्तीय र भुक्तानी प्रणालीमा बेलायतको चासो, उपलब्धी बुझ्न क्लियरिङ हाउसको अवलोकन

२०७३ माघ १२ गते

लन्डनका लर्ड मेयर Dr. Andrew Parmely, बेलायतका राजदुत Richard Morris, Sheriff Peter Einstein, अन्य उच्चस्तरीय प्रतिनिधिहरु, Sachyam Access To Finance का टिम लिडर समेतले कमलादी स्थित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) कार्यालयको अवलोकन गरेका छन् । नेपालको वित्तीय क्षेत्र एवं भुक्तानी प्रणालीमा हालै भएका विकासको बारेमा बुझ्न र यस क्षेत्रमा NCHL ले हालसम्म गरेका उपलब्धीहरु तथा भविष्यका कार्ययोजनाका बारेमा जानकारी लिने उद्देश्यले उक्त अवलोकन भ्रमणको आयोजना गरिएको हो ।  

प्रतिनिधिहरुले हाल NCHL ले प्रदान गर्दै आएका NCHL-ECC र NCHL-IPS प्रणालीहरुबाट हुँदै गरेका कारोबारहरुको प्रत्यक्ष अवलोकन गर्नुका साथै अन्य जानकारीहरु समेत प्राप्त गरेका थिए । प्रतिनिधि मण्डलले दर्शाएका रुची र यस क्षेत्रको थप सुधारको लागि युके सरकारका तर्फबाट गर्न सकिने सहयोगको बारेमा समेत सोधखोज गरिएको क्लियरिङ हाउसले जनाएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले नेपालको भुक्तानी प्रणाली विकास गरि अन्तराष्ट्रिय स्तरको तुल्याउन लिएका उद्देश्यहरु र यसमा गर्दै आएका कामहरुमा उक्त भ्रमणले थप समर्थन मिलेको कम्पनीले विश्वास लिएको छ । युके सरकारले UKaid/DIFID का Sachyam Access To Finance जस्ता विभिन्न प्रोग्रामहरु मार्फत नेपालमा वित्तीय पहुँच र वित्तीय क्षेत्र विकासका लागि काम गर्दै आएका छन् ।