Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वाणिज्य बैंकको महाधिवेशन : सीईओ नियुक्त गर्न दबाब 

२०७२ चैत्र १७ गते

rastriya banijya bankराजनीतिक भागबण्डाका कारण सिईओ नियूक्तिमा ढिलाई भएको भन्दै नयाँ सिइओ तुरुन्त नियुक्त गर्न राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले दबाब दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको १३ औं महाधिवेशनमा बोल्दै कर्मचारीहरुले विगत ३ महिनादेखि सिइओ नियुक्त नहुँदा बैंकको प्रशासनिक, व्यवस्थापकिय तथा व्यवसायीक कार्यहरुमा नकारात्मक असर परेको बताउँदै उक्त दवाव दिएका हुन् ।

 

साथै तत्काल सिईओ नियूक्ती गर्न सम्वन्धित निकायसंग माग गर्ने, संघ र व्यवस्थापन बीच भएका सहमतिहरु मध्ये कार्यान्वयन हून बाँकी रहेका सहमतिहरु तुरुन्त कार्यान्वयन गराउन दवाव दिने, संघको समेत सहभागितामा नयां संविधान बमोजिम निर्माण हुने संघीय संरचना बमोजिमको बैंकको संरचना निर्माण गर्न माग गर्ने, बैंकमा लामो समयदेखि युनियनको निर्वाचन पनि नभएकोले तुरुन्त सबै विषयको समाधान गर्नुपर्ने सहितका १५ बटा वुँदाहरु पारित भएका छन् ।