Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हिमालयन लघुवित्तको ५ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर कति ?

२०८३ कार्तिक १७ गते

बैंकिङ खबर/  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसाको आधारमा सेयरधनीलाई बोनस सेयर वितरण गरिनेछ । यसबाट कम्पनीले १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसा बराबरको बोनस सेयर जारी गर्नेछ ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर भुक्तानीका लागि कम्पनीले ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको छ । बोनस सेयर र नगद लाभांशको हिसाब गर्दा कम्पनीले कुल १ करोड ७० लाख ५४ हजार ३०१ रुपैयाँ ७९ पैसा वितरण गर्नेछ ।

कम्पनीको यो लाभांश प्रस्ताव भने अझै स्वीकृत हुन बाँकी छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गरिनेछ । साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

Ad