Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थमन्त्रीले गरे भारतीय सहयोगको प्रशंशा

२०८३ कार्तिक ७ गते

बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग संवाद गर्दै नेपालमा हालैका विपद् तथा सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको प्रशंसा गरेका छन्। उनले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपाल–भारतसहित क्षेत्रीय सहकार्यलाई संस्थागत गर्नुपर्ने सम्भावनाबारे पनि प्रश्न उठाएका थिए।

जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले औपचारिक संस्थागत संरचना आवश्यक भए पनि सबै क्षेत्रमा त्यस्तो संरचना व्यावहारिक नहुने बताए। उनले वर्तमान विश्वमा समान सोच भएका मुलुकबीच आवश्यकताअनुसार अनौपचारिक, लचिलो र नतिजामुखी सहकार्यको प्रवृत्ति बढिरहेको उल्लेख गरे।