Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकको साधारण सभा असोज १६ मा, १० प्रतिशत लाभांश पारित हुँदै

२०८३ भाद्र २३ गते

 

काठमाडौं  /  ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजे आयोजना हुनेछ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। प्रस्ताव पारित भएमा शेयरधनीले कुल १० प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

त्यस्तै, साधारण सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।बैंकले साधारण सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित प्रस्तावित लाभांश तथा अन्य आवश्यक प्रस्तावहरू अनुमोदन गर्ने तयारी गरेको छ ।