Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

विपत्तिमा छाती फुकाएर ३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन ?

२०८३ भाद्र १७ गते

बैंकिङ खबर ।  भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो रकम सहयोग जुटेको छ । हालसम्म सार्वजनिक विवरणअनुसार ३ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने बैंकहरूमा नविल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंक रहेका छन् ।

नविल बैंकले चौधरी ग्रुपसँगको साझेदारीमा १५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका छन् । प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ भने एभरेष्ट बैंकले कर्मचारीसहितको योगदानबाट ३ करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

बैंकहरूले यस्तो सहयोग बाढी प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि प्रयोग हुने बताएका छन् । ठूलो विपद्का बेला वाणिज्य बैंकहरूले करोडौँ रुपैयाँ सहयोग उपलब्ध गराएसँगै बैंकिङ क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पनि थप महत्वपूर्ण देखिएको छ ।