Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

कस्तो छ त नयाँ मौद्रिक नीति ? मौद्रिक नीतिका मुख्य बुँदाहरु :

२०८३ असार २३ गते

मौद्रिक नीतिका मुख्य व्यवस्था

  • सात प्रतिशत आर्थिक वृद्धिलाई सहयोग गर्ने गरी लचिलो मौद्रिक नीतिलाई निरन्तरता।
  • मुद्रास्फीतिलाई ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य।
  • बैंकहरूको नीतिगत ब्याजदरमा कुनै परिवर्तन नगर्ने।
  • अनिवार्य नगद मौज्दात, वैधानिक तरलता तथा स्थायी तरलता सुविधासम्बन्धी व्यवस्था यथावत्।
  • विदेशी मुद्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था।
  • बैंकहरूको सञ्चालन खर्च घटाएर त्यसको लाभ सेवाग्राहीसम्म पुर्‍याउने नीति।
  • बैंक तथा वित्तीय संस्थाको वर्गीकरणसम्बन्धी अध्ययन पूरा गरी नयाँ व्यवस्था लागू गर्ने।
  • रुग्ण उद्योगका कर्जा व्यवस्थापन र समस्यामा परेका ऋणीलाई पुनःस्थापनामा सहजीकरण।
  • व्यक्तिगत जमानीका आधारमा सिर्जना हुने असीमित दायित्व हटाउने व्यवस्था।
  • चेक अनादरका कारण कालोसूचीमा पर्ने व्यवस्था पुनरावलोकन गर्ने।
  • संस्थाको वित्तीय अवस्थाका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने।
  • सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनमा कर्जा प्रवाह सहज बनाउने।
  • बैंक तथा वित्तीय संस्थाका निर्देशनलाई सरल भाषामा पुनःलेखन गर्ने।
  • पहिलो चरणमा कर्जा, ब्याजदर र वित्तीय सेवाग्राही संरक्षणसम्बन्धी निर्देशन संशोधन गर्ने।
  • विदेशी विनिमय कारोबारसम्बन्धी एकीकृत परिपत्रलाई सरल बनाउने।
  • व्यक्तिगत साख मूल्याङ्कनका आधारमा व्यक्ति–व्यक्तिबीच हुने ऋण कारोबारको अध्ययन गर्ने।
  • सरकारका आर्थिक सुधारका कार्यक्रम राष्ट्र बैंकले सम्बन्धित निकायसँग समन्वय गरेर कार्यान्वयन गर्ने।
  • मुद्रास्फीति वा आर्थिक स्थायित्वमा दबाब बढे मौद्रिक नीतिको पुनरावलोकन गर्ने।