Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुबित्त दिक्तेल शाखाद्धारा क्षात्रवृती वितरण

२०८३ जेष्ठ २८ गते

 

बैंकिङ खबर / निर्धन उत्थान लघुबित्त बित्तीय संस्था शाखा कार्यालय दिक्तेल खोटाङले आफनो ग्राहक सदस्यकी छोरीलाइ डा.हरीहरदेव पन्त स्मृती छात्रबृती प्रदान गरेको छ । शाखा कार्यलय दिक्तेल द्धारा संचालीत केन्द्र नं.११ रमाइलो फुलबारी महीला समाज की सदस्य मिला बिस्वकर्मा की छोरी अप्सरा बि.क लाइ डा.हरीहरदेव पन्त स्मृती छात्रबृती स्वरुप रु.दश हजार नगद रकम शाखा कार्यलय दिक्तेलका शाखा प्रबन्धक टोकराज बस्याल ले केन्द्रका सदस्य तथा शाखाकी कर्मचारी जमुना आचार्य को रहोवरमा उक्त रकम प्रदान गर्नु भएको हो । उनले गत बर्ष माध्यमीक परीक्षा कक्षा १२ को परीक्षमा सर्वोत्कृष्ट अङ्ग ल्याइ उत्तीर्ण गरेकी थीइन । संस्थाले प्रत्येक बर्ष आफना ग्राहक सदस्यका छोरा र छोरी लाई सर्वोत्कृष्ट अङ्ग ल्याइ उत्तीर्ण गरेका मध्य बाट १/१ जना लाइ उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उदेस्यका साथ रु. दश हजार डा.हरीहरदेव पन्त स्मृती छात्रबृती प्रदान गर्दै आइरहेको छ ।

निर्धन उत्थान लघुबित्त बित्तीय संस्था शाखा कार्यालय दिक्तेल खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका लगायत आसपासका गाउपालीकाका ग्रामीण क्षेत्रमा रहेका बिपन्न बर्गका महीलाहरुलाइ उधमशील बनाइ उनीहरुको घर परीवारको जिवनस्तर उकास्न महत्वपुर्ण भूमीका निर्वाह गरेको छ ।