Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

१० महिनामा रेमिट्यान्स १९ खर्ब भित्रियो, विदेशी मुद्रा पनि बढ्यो (पूर्ण पाठ)

२०८३ जेष्ठ २६ गते

बैंकिङ खबर /  नेपाल राष्ट्र बैंकको नयाँ तथ्याङले चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको देखाएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । २०८३ बैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ ।
यसैगरी समिक्षा अवधिमा अर्थात चालु आर्थिक वर्षको १० महिनामा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ बचतमा रहेको थियो। यससँगै चालु खाता बचतमा झन्डै तीन गुणाले वृद्धि भएको देखिएको छ। बैशाख मसान्तसम्म शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४ खर्ब ३८ अर्ब ५२ करोड बचतमा थियो।