बैंकिङ खबर / घरजग्गा कारोबारमा हुने धितोबन्धकी रोक्का फुकुवा कार्य बैंकवित्तबाटै उपलव्ध गराउनका लागि पूर्वाधार समस्या देखा परेको छ । केही स्थानीय तहबाट यो सेवा सुरु गर्न खोजिएको भएपनि सेवा सुचारुमा आएका समस्याले केही समय यो प्रकृया लम्विने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का फुकुवासम्बन्धी कारोबारमा आएको समस्या सम्बोधन गर्न नेपाल बैंकर्स संघलाई पत्राचार गरेको छ । सो सम्बन्धी अनलाइन कारोबारमा देखिएको समस्या समाधानमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंकवित्तलाई पत्राचार गरेको हो । विभागले केही स्थानीय तह र नेपाल बैंकर्स संघलाई पत्राचार गरेको छ ।
आवश्यक पूर्वाधार तयार नभएको अबस्थामा कठिनाइ उत्पन्न भएको भन्दै विभागले न्यूनतम पूर्वाधारको सूची तयार गरेको छ। विभागले हालसम्म पत्राचार गरेका २ सय २५ स्थानीय तह मध्ये पहिलो चरणमा ३५ स्थानीय तह छनोट गरी काम सुरु गर्ने तयारी गरेको छ । तथापी ती क्षेत्रमा पनि आवश्यक पूर्वाधार नपुगेको भन्दै सेवा प्रवाहमा समस्या देखिएको विभागले जनाएको छ ।


