Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अपाङ्ग र जेष्ठ नागरिकका लागि केन्द्रीय बैंकको नयाँ व्यबस्था

२०८३ जेष्ठ १० गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बैंकिङ सेवालाई थप समावेशी र ग्राहकमुखी बनाउने गरी बैंकिङ सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । जसअनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षर नभएका ग्राहकहरूलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराइने छ । नयाँ व्यवस्थाले बैंकवित्तलाई परिष्कृत गर्दै अपांगमैत्री बनाउने छ । प्रविधि प्रयोगको हकमा पनि राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिहरूले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू आफैं प्रयोग गर्न सक्षम रहेको स्वघोषणा गरेमा बैंकले ती सुविधाहरू उपलब्ध गराउनुपर्नेछ । राष्ट्र बैंकले एकीकृत निर्देशनबाट यस्तो प्रावधानलाई अनिवार्य गरेको हो ।