Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

समस्याग्रस्थ सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

२०८३ जेष्ठ ४ गते
सेयर:

बैंकिङ खबर / सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको उल्लेख गरेको छ । कान्तिपुर सहकारीका २ सय १५, जना शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । सरकारले थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरेको हो । आगामी दिनमा अरु बचतकर्ताको रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको ४६ अर्ब हाराहारीमा रकम छ ।