बैंकिङ खबर / समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्स कम्पनी मर्जर हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जर हुनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन हुने छ । राष्ट्र बैंकको बैंकको तथा वित्तीय संस्था नियमन विभागले दुवै संस्थाबीच अन्तिम स्वीकृतसँगै एकिकृत कारोबारका लागि अनुमति दिएको छ । दुवै संस्थाको सेयर स्वाप अनुपात १.१ रहने छ भने धितोपत्र सूचीकरण प्रक्रिया पूरा गरी संस्थाको सेयर कारोबार एकीकृत रूपमा सञ्चालन हुने छ । मर्जरपछि केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा रहेको समृद्धिको कार्यालयमा रहने छ । मर्जरपछि पोखरा फाइनान्सको सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट चार जना र पोखरा फाइनान्सबाट तीन जना सञ्चालक रहने सहमति भएको छ । मर्जरपछि पोखरा फाइनान्सको संचालन समितिको अध्यक्षमा अजय मिश्र र प्रमुख कार्यकारी अधिकृत सिइओमा प्रकाश गुरुङ रहने छन् ।
Banner News
समृद्धि र पोखरा फाइनान्स मर्जर : अध्यक्षमा मिश्र र सिइओमा गुरुङ रहने
ट्यागहरू:
