Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंशाख महिनामा घट्यो निक्षेपको व्याजदर : अधिकतम व्याज ५ प्रतिशत

admin २०८२ चैत्र ३० गते
सेयर:

बैंकिङ खबर / वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वैशाख महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको व्याजदरमा निक्षेपको व्याजदर फेरि घटेको हो । विगत केही समयदेखि बैंकहरूले निरन्तर रुपमा ब्याजदर घटाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निक्षेप संकलनको न्यूनतम दर २.७५ प्रतिशत तोकेको छ । बचतको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था सुमेत गरिएको छ । बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतमा झारेका छन् । वैशाख महिनाका लागि निक्षेपको ब्याजदर चैतको तुलनामा ८ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । १२ बैंकले स्थिर राखेका छन् । वैशाख महिनामा अधिकतम व्याजदर ४.३९ प्रतिशत कायम भएको छ । यो दर चैत महिनामा ४.४८ प्रतिशत रहेको थियो । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा एनएमबी बैंकले सर्वाधिक व्याजदर ५ प्रतिशत कायम गरेको छ । अरु सबैको ५ प्रतिशत भन्दा कम रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।