२०८२ चैत्र २७ गते

राष्ट्र बैंकमा दुई कार्यकारी निर्देशकको नियुक्ति

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले दुई कार्यकारी निर्देशकको नियुक्ति गरेको छ । प्रशासन सेवातर्फ रिक्त रहेका दुई कार्यकारी निर्देशकमा पदपुर्ति गरिएको हो । केन्द्रीय बैंकले निर्देशकको रुपमा कार्यरत हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । सापकोटा २०५३ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका थिए भने न्यौपाने २०५९ सालमा प्रवेश गरेका थिए ।