२०८२ चैत्र २५ गते

बैंकवित्तले सेवा आयात गर्ने भुक्तानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने

बैंकिङ खबर /  बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशी मुद्राको सटही सुविधामा राष्ट्र बैंकको स्वीकृति आवश्कय नपर्ने भएको छ । बैंकवित्तका लागि आवश्यक पर्ने सेवा आयात, सदस्यता शुल्क, आदि लाभाग्राही संस्थाको नाउँमा भुक्तानी गर्ने प्रयोजनको लागि यो सुविधा लागु भएको हो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार नयाँ विदेशी विनियम एकीकृत परिपत्र सम्बन्धी व्यवस्थामा संसोधन गरि यो व्यबस्था कायम गरिएको हो ।

सेवा आयात, सदस्यता शुल्क आदिका लागि प्रचलित व्यवस्थाबमोजिम स्वीकृत लिनुपर्ने भएमा सम्बन्धित निकायको स्वीकृती लिनुपर्नेछ, कर लाग्ने भए कर तिरेको निस्सा संलग्न गर्नु पर्ने छ । तथापी अमेरिकी डलर तीन लाख वा सो बरावरको विदेशी मुद्रा भन्दा बढी रकम भुक्तानी दायित्व सिर्जना हुने सम्झौताको हकमा भने केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागलाई अनिवार्य जानकारी गराउनुपर्ने छ ।

unified-circular-2082-combined