२०८२ चैत्र २३ गते

निश्कृय खातालाई सक्रिय बनाउनेहरु धमाधम बैंकमा आउन थाले

बैंकिङ खबर / आफ्नो निश्कृय खातालाई सक्रिय बनाउन खाताधनीहरु बैंकमा धाउन थालेका छन् । हरेक दिन बैंक खाता सक्रिय बनाउनेहरु बढेका छन् । निश्कृय खाताको संख्या १ करोड भन्दा बढी छन् । सरकारले १० वर्षभन्दा बढी निष्क्रिय बैंक खाताको रकम कानुनी प्रक्रियाबाट सरकारी कोषमा ल्याइने तयारी गरेको छ । यस्तो तयारीपछि खाताबालाहरु आफ्नो खातालाई सक्रिय बनाउन लागिपरेका छन् । विदेशमा रकेका नागरिकहरु पनि खाता बन्द गर्न वा सक्रिय गर्नका लागि सम्पर्कमा आउन थालेका छन् । नेपालमा निश्कृय रहेका बैंक खाताको संख्या १ करोड नौ लाख भन्दा बढी रहेको केन्द्रीय बैंकको तथ्याङकले देखाउँछ । यी निश्कृय खातामा १ खर्ब ६७ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

कतिपय बैंकमा निश्कृया खातालाई सक्रिय बनाउनका लागि खातावालहरु लगातार आउन थालेका छन् । यस्तो निश्कृय खाताको संख्या आफ्नो खातामा रहेको रकम सरकारीकरण हुने डरले खाता सक्रिय बामउन थालेका हुन् । कतिपय व्यक्तिहरु विदेशमा रहेका कारण अन्यौलमा छन् भने कतिपय कसरी सक्रिय गराउने भन्नेमा पनि अन्यौल छन् । सरकारले घोषणा गरेको यस्तो योजनाका बारे केन्द्रीय बैकले भने हालसम्म कुनै सूचना वा आधिकारीक धारणा सार्वजनिक गरेको छैन । बैंकिङ सम्बन्धि नियामक निकाय केन्द्रीय बैंक भएका कारण उसले थप परिपत्र जारी गरेर यसलाई कार्यान्वयन गर्नुपर्दछ । सरकारले ९० दिनभित्र यस्तो कार्य सम्पन्न गर्ने निणइ गरेको थियो । सरकारले सयदिने कार्ययोजनलाई मन्त्रीपरिषदबाटै निर्णय गराएर भनेको छ ‘राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दावी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याउने तथा अन्य स्रोतहरूको पहिचान गरी व्यवस्थापन गर्ने कार्य ९० दिनभित्र सम्पन्न गर्ने ।’

खाता सक्रिय गर्न के के गर्ने
कुनै पनि बैंकमा रहेको निश्कृय खाता सक्रिय गराउनका लागि बैंकमा सम्पर्क गरेर वा बैंकमा गएर निवेदन दिनुपर्दछ । त्यसपछि बैंकले मागेका आवश्यक डकुमेन्टहरु र कागजपत्रहरु देखाउनुपर्ने वा बुझाउनुपर्ने हुन सक्छ । आफ्नो नागरिकता वा आइडि प्रमाण, आवास प्रमाण, केवाईसी अपडेट जस्ता कुराहरु महत्वपूर्ण हुन्छन् । यदी संस्था वा कम्पनीको खाता छ भने कम्पनी नविकरण भएको, कर चुक्ता भएको र अडिट रिपोर्टहरु लगातार तयार भइरहेको हुनुपर्छ । त्यसपछि बैंकले खातालाको स्थिति जाँच गर्नेछ र आवश्यक प्रक्रिया पूरा गरेपछि खाता सक्रिय हुने छ । यदि बैंक खातावालको मृत्यु भएको छ भने हकदाबी गर्ने हकवाला जानुपर्दछ । कोही पनि हकवाला फेला नपरेको अबस्थामा भने उक्त रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोषमा स्वतह जम्मा हुने गर्दछ । अहिलेसम्म यसरी खाता दाबी नगरिएको रकम करिब १ अर्ब ६० करोड भन्दा बढी भएको केन्द्रीय बैंकले जनाएको छ ।