
बैंकिङ खबर / सरकारले सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै केन्द्रीय बैंकले नौ बजेबाटै सेवा सुरु गरेको छ । अब बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् । अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव बढ्दै गएको बेला सरकारले यस्तो निर्णय गरेको हो । सातामा सोमबारदेखि शुक्रबारसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुने छ । अब सातामा २ दिन शनिबार र आइतबार विदा हुने छ । बैंकहरुले आफ्ना सिमित कार्यालयबाट मात्रै आइतबार सेवा दिनेछन् । अमेरिका, इजरायल र इरानमा भएको द्धन्द्ध चर्किदै गएको छ । हाल इन्धनको मूल्य उच्च भएको छ । सरकारले इन्धनको खपत घटाउन सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सरकारको निर्णयसँगै नेपाल राष्ट्र बैंक पनि २ दिन बिदा हुने छ । राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार सरकारको निर्णय अनुसार नै केन्द्रीय बैंक संचालन हुने छ ।
