Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विदेशी विनिमय सञ्चिति २३ अर्ब डलर भन्दा धेरै

admin २०८२ चैत्र १९ गते
सेयर:

बैंकिङ खबर / फागुन मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २३ अर्ब डलर भन्दा धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आबको पहिलो ८ महिनाको तथ्यांकमा विदेशी विनिमय संचिति २३ अर्ब ८ करोड डलर अर्थात ३४ खर्ब १२ अर्ब रुपैयाँ भन्दा माथि छ । यो अवधिमा विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले बढेको छ । गत असार मसान्तमा यो रकम २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा फागुन मसान्तमा १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड डलर पुगेको देखिन्छ ।

nrb report 111
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।