बैंकिङ खबर / पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हालै सम्पन्न भएको छ । यस सम्मेलनमा विशेष गरेर ग्रामिण अर्थतन्त्रको विकासका बारे लघुवित्त क्षेत्रले खेलेको भूमिकाका विषयमा गहन छलफल भएको छ । नेपालमा लघुवित्त वित्तीय संस्थाहरुले विभिन्न ग्रामिण तहमा सेवा पुर्याएका छन् ।
लघुवित्तको क्षेत्रमा देशव्यावपी संजाल विस्तार गरेको अग्रणी वित्तीय संस्था छिमेक लघुवित्त वित्तीय संस्थालाई यस सम्मेलनले विभिभन्न विधामा अवार्ड प्रदान गरेको छ । कार्यक्रममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ विद्यामा पुरस्कार प्राप्त गर्न सफल भएको उत्कृष्ट केन्द्र प्रमुखका रुपमा लुम्बिनी प्रदेश अन्तरगत भालुवाड शाखा कार्यालयका शुसिला के एम पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ट शाखा प्रबन्धकका रुपमा बागमती प्रदेश बनेपा शाखाकी लक्ष्मी राना पुरस्कृत भएकी छन् । यसैगरी उत्कृष्ट फिल्ड स्टाफका रुपमा कोशी प्रदेश धरान शाखा कार्यालयकी सुमित्रा राई पुरस्कृत भएकी छन् भने उत्कृष्ट तीन शून्य क्लव अन्तरगत कोशी प्रदेश मेचीनगर शाखा कार्यालय स्थित रामजानकी क्लव पुरस्कृत भएको छ । कर्जा प्रवाहसँगै उत्पादनको बजारीकारणमा ध्यान लगाऔँ ऋणी होइन, उद्यमी बनाउनु पर्छ, भन्ने मूल अभिप्राय रहेको सम्मेलनले धेरै उद्यमीहरुलाई मोटीभेसन गरेको छ ।
उक्त कार्यक्रममा छिमेक लघुवित्त वित्तीय संस्थाबाट अध्यक्ष राम चन्द जोशी, प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारी, नायव प्रमुख कार्यकारी अधिकृत दिलिप श्रेष्ठसहित अन्य सञ्चालक, विभागीय प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, फिल्ड कर्मचारी तथा सदस्यहरुको सक्रिय सहभागीता रहेको सामाजिक विकास तथा ग्राहक संरक्षण विभागका प्रबन्धक प्रकाश राजवंशीले बताएका छन् । छिमेक लघुवित्त वित्तीय संस्था नेपाली ग्रामिण अर्थतन्त्रमा सक्रिय अब्बल वित्तीय संस्थाका रुपमा चिनिन्छ ।




