Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

टुरिजम डेभलपमेण्ट बैंकमा गाभिए दुई विकास बैंक, आइतबारदेखि एकीकृत कारोबार

admin २०७३ पुष २२ गते
सेयर:

राष्ट्रियस्तरको विकास बैंकमा २ वटा जिल्ला स्तरका बैंक गाभिएका छन् । राष्ट्रिय स्तरको टुरिजम डेभलपमेन्ट बैंकमा सिन्धुलीको मातृभूमि विकास बैंक र दोलखाको कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिएका हुन् ।
 नेपाल राष्ट्र बैंकले तोकेअनुसार पुँजी वृद्धि गर्न नसकेपछि मातृभूमि र कालिञ्चोक टुरिजममा गाभिएका हुन् । दुई बैंकलाई गाभेपछि टुरिजम डेभलपमेन्ट बैंकलाई पनि चुक्ता पुँजी पुर्याउन केहि सजिलो भएको छ ।  
मातृभूमिको झण्डै चार करोड ८० लाख रुपैयाँ र कालिञ्चोकको १० करोड चुक्तापुँजी रहेको छ भने टुरिजमको ७८ करोड ९६ लाख ४४ हजार रुपैंयाँ चुक्ता पूँजी छ ।
 
टुरिजमले कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई गाभेपछि कायम पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव यसअघि नै साधारणसभाबाट पारित गरिसकेको छ । राष्ट्रियस्तरको विकास बैंकले ०७४ असारसम्म २ अर्ब ५० करोड चुक्तापुँजी पुर्याउनुपर्ने राष्ट्र बैंकको व्यवस्था छ ।
 
दुई बैंकलाई गाभेको टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आगामी आइतबारदेखि सुरु हुनेछ । यसअघि गत आईतबार  मात्र ४ विकास बैंक नेपाल क्रेडिट एन्ड कमर्श बैंकमा गाभिएर एकिकृत रुपमा बैकिङ कारोबार सुरु गरेका छन् ।  चालु आर्थिक वर्षको हालसम्म गाभिने र खरिदबिक्री प्रक्रियामा २० भन्दा बढी बैंक तथा वित्तीय संस्था सामेल भएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।