Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीमा २० अर्ब तरलता पठाउँदै राष्ट्र बैंक

admin २०७३ पुष २१ गते
सेयर:

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) पठाउने भएको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले शुक्रबार रिपो बोलकबोलमार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थामा पठाउन लागेको हो । 

क, ख र ग वर्गका बैंकले खरिद गर्न पाउने रिपोको व्याजदर ४.८७५३ प्रतिशत तोकिएको छ । घटीमा मएक करोड र बढीमा एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने बताइएको छ । राष्ट्र बैंकले दुई हप्ता अवधिका लागि यो रिपो जारी गर्न लागेको हो । जसअनुसार, आगामी माघ ७ गते रिपो परिपक्व हुनेछ । 
 
रिपो बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरुले बोल गरेको रकमको ११० प्रतिशत सरकारी सुरक्षणपत्रहरु (ट्रेजरी बिल्स र विकास ऋणपत्र) बोलकबोलको दिन १ः३० बजेभित्र यस विभागमा पेश गर्नुपर्ने छ । आह्वान गरिएको रकमभन्दा बढी माग भएमा समानुपातिक रुपमा बाँडफाँट गरिनेछ । रिपो उपकरणको भुक्तानी मितिका दिन निर्धारित साँवा तथा ब्याज रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी भुक्तानी लिइने छ । विस्तृत जानकारीका लागि यस विभागको फोन नम्बर ०१–४१०१७३९ मा सम्पर्क गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय भएको नाताले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ । त्यसैले, राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा रिपोमार्फत पठाउने र तरलता बढी हुँदा रिभर्स रिपोमार्फत प्रशोचन गर्ने गर्दछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।