Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुर मुद्धामा प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

२०८२ मंसिर १४ गते

बैंकिङ खबर / प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी टोलीले शेरचनलाई पक्राउ गरेको हो । यसअघि सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो। प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा सीआईबीले अनुसन्धान गरिरहेको र यसैबारे अनुसन्धानमा लिइएको सीआइबीले जनाएको छ । बैंकिङ कसुर मुद्धामा उनीमाथि छानविन हुने छ ।