२०८२ कार्तिक २५ गते

केन्द्रीय बैंकले सार्वजनिक गर्यो वाग्मति प्रदेशको आर्थिक रिपोर्ट (पूर्ण पाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वागमति प्रदेशको आर्थिक रिपोर्ट सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक बर्ष २०८१ ८२ को आर्थिक रिपोर्ट सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले पछिल्लो समय प्रदेश स्तरीय आर्थिक रिपोर्ट पनि तयार गर्दैृ आएको छ । जसमा औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी १३.८ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ११ अर्ब ५ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ६३ अर्ब ९४ करोड पुगेको उल्लेख गरिएको छ । केन्द्रीय बैंकले रिपोर्टमा उल्लेख गरे अनुसार बागमती प्रदेशमा ११९ स्थानीय तह रहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा रहेका स्थानीय तहहरूमध्ये छनौट गरिएका ५ स्थानीय तहहरू (काठमाडौं, भक्तपुर, ललितपुर, भरतपुर, हेटौंडा) को कुल प्राप्ति रु.२२ अर्ब २२ करोड रहेको छ, जुन गत आर्थिक वर्षको तुलनामा ४.१ प्रतिशतले बढी हो । उक्त स्थानीय तहहरूले करतर्फ रु.११ अर्ब ४० करोड, अनुदानतर्फ रु.७ अर्ब ३२ करोड र अन्य राजस्वतर्फ रु.३ अर्ब ४४ करोड रकम प्राप्त गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यी स्थानीय तहहरूले प्राप्त गरेको कर ३.५ प्रतिशतले, अनुदान ५.९ प्रतिशतले र अन्य राजस्व २.६ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्टको पूर्ण विवरण यहाँ प्रस्तुत गरिएको छ । पूर्ण पाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस् 

nrb report new