२०८२ कार्तिक २१ गते

एन आई सी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

बैंकिङ खबर/ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दिवाकर भट्टराई सञ्चालकमा मनोनयन गरेको छ । उक्त लघुवित्त वित्तीय संस्थाको मिति २०८२/०७/१९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराई सञ्चालकमा मनोनयन गरेको हो । नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरेका छन् ।