Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनउ विकास बैँक पनि अब अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

admin २०७२ चैत्र ११ गते
सेयर:

TINAU1तिनउ विकास बैँक अन्तर बैँक विद्युतीय प्रणालीमा गएको छ । बैँकले विहिबार सो प्रणाली सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र तिनउ विकास बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउसले बैँकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।


NCHL-IPS प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णा रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । 


बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा कम्पनीले NCHL-IPS प्रणालीका लागि ४४बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यमा रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यकोे रुपमा सम्झौता गरिसकेको छ । यस सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ४८ पुगेको छ । कम्पनिले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १२४ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६६२ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।