
बैंकिङ खबर/आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म २० वटा वाणिज्य बैंकले कुल ७१ अर्ब ४५ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिको ४३.२७ प्रतिशत (२१ अर्ब ५८ करोड ७५ लाख) बढी हो।
असार मसान्तसम्म नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले बढेको हो।
नेपाल इन्भेष्ट मेगा बैंक (एनआईएमबी)को नाफा ६४.४४ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार पुगेको छ। ग्लोबल आइएमई बैंकको नाफा १.१० प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ पुगेको छ।
प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार पुगेको छ भने एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार पुगेको छ। कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार पुगेको छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३,१८४ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार र एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ पुगेको छ।
अन्य बैंकहरूमा सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५,८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ।
तर, केही बैंकहरूको नाफा घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको २.०८ प्रतिशत घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार र एनआईसी एशिया बैंकको ८५.५२ प्रतिशत घटेर १० करोड १५ लाख ७३ हजार रुपैयाँ रहेको छ।



