
बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। गत साउन ५ गते उनले प्राधिकरणको सञ्चालक पदबाट राजीनामा दिएकी हुन्।
राजीनामाको कारणबारे स्पष्ट पार्दै पोखरेलले व्यक्तिगत कारणले राजीनामा दिएको र कुनै पनि दबाब वा विवादका कारण नभएको बताएकी छन्। उनले सञ्चारमाध्यममा आएका केही अतिरञ्जित र पूर्वाग्रही समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारिन्।
पोखरेललाई २०८१ चैत १ गतेदेखि लागू हुने गरी चार वर्षको लागि बीमा प्राधिकरणको सञ्चालक नियुक्त गरिएको थियो। बीमा ऐन २०७९ अनुसार, प्राधिकरणमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुने व्यवस्थाअनुसार उनी चयन भएकी थिइन्।
राधा पोखरेल नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन्।



